पहिराले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा
काठमाडाैं | असार २१, २०७९
सांकेतिक तस्बिर
काठमाण्डौँ: वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड मङ्गलबार बिहान १०ः३० देखि पुनः सञ्चालनमा आएको छ । स्काभेटरको प्रयोग गरेर सडकमा खसेका ढुङ्गा, माटो र रूखहरु पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको हो ।
पहिराका कारण मध्यपहाडी लोकमार्ग गएरातिदेखि अवरूद्ध भएको थियो । मङ्गलबार बिहानै सडक डिभिजन कार्यालय र बागलुङ नगरपालिकाको सहकार्यमा स्काभेटर परिचालन गरेर सडक सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो । बागलुङ नगरपालिका र काँठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेको थियो । उक्त खण्डको ठाउँठाउँमा स–साना पहिरा खसेका थिए । सडक पुनः सञ्चालनमा आएसँगै लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन गन्तव्यतर्फ गइरहेका छन् ।
त्यस्तै जिल्लाको दक्षिण जोड्ने बागलुङ कुश्मिशेरा सडक पनि सञ्चालनमा आएको छ । पहिराका कारण अवरुद्ध भएको सडक बागलुङ नगरपालिको सहयोगमा पन्छाइएको हो । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको थियो ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

